१३ सय घरमा खानेपानी सुविधा विस्तार
nepalnews.com · Fri Jul 03 01:57:11 GMT 2026

म्याग्दी। मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ।
मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक/प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिए।
Read full story at source (nepalnews.com)