नेपाल टेलिकमको सिम अब हुलाकमार्फत घरमै पुग्ने, साउन १ देखि कार्यान्वयन हुने
nepalpress.com · Fri Jul 03 02:01:05 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्रीहरू हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सामग्री ढुवानी सम्बन्धी सम्झौता भएसँगै यो व्यवस्था सम्भव भएको हो ।
बिहीबार आयोजित एक कार्यक्रमबीच दुई निकायबीच यस सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरे ।
Read full story at source (nepalpress.com)