प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड
ratopati.com · Thu Sep 03 15:42:21 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्गठनको तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ। बाढी तथा विपद्बाट प्रभावितका लागि सशस्त्र प्रहरी कर्मचारीको तलबबाट समेत रकम कट्टा गरी राहत कोषमा योगदान गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।
Read full story at source (ratopati.com)