वाग्मती प्रदेशका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा
baahrakhari.com · Thu Sep 03 15:49:36 GMT 2026

काठमाडौं । वाग्मती प्रदेश सरकारले यही भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
"...मिति २०८३ भदौ २२ गते सोमबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ," सूचनामा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)