दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटनसँगै संगठन विस्तार फर्किए हर्क
nepalpress.com · Fri Jul 03 02:28:00 GMT 2026

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङस्थित काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल ८५ दिनमै सम्पन्न भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मङ्गलबार एक समारोहका बीच पुलको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा साम्पाङले भने, ‘श्रमदान गरे जे पनि सम्भव हुन्छ । यो पुल निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा ठूलो सहजता आउनेछ ।’ पुल बनेपछि काठादुम्लिङबाट कञ्जु क्षेत्र जान सजिलो भएको भन्दै स्थानीय हर्षित छन् ।
Read full story at source (nepalpress.com)