प्रधानमन्त्री शाहको २० बुँदे आपत्कालीन घोषणा ?
barnanmedia.com · Thu Aug 27 23:08:38 GMT 2026

प्रधानमन्त्री बालेन शाहले नुवाकोट, रसुवा र धादिङलगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, उपचार र राहत कार्यका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्। बिहीबार नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएपश्चात् प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचार नै सरकारको पहिलो प्राथमिकता भएको स्पष्ट पारेका हुन्।
स्थलगत अवलोकनका क्रममा प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र उद्धारकर्ताहरूसँग प्रत्यक्ष जानकारी लिएका प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। उद्धार र खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ४२ सय, नेपाल प्रहरीका ७ हजार २ सय ५० र सशस्त्र प्रहरी बलका १८ सय ४५ गरी कुल १३ हजार २ सय ९५ सुरक्षाकर्मी खटाइएको छ।
Read full story at source (barnanmedia.com)