पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै
reportersnepal.com · Sat May 28 16:22:24 GMT 2022
एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् ।
शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके डन पत्रिकाको रिपोर्टमा उल्लेख छ । गरिबीको रेखामुनी रहेकाहरुलाई अनुदान कायम राखेर धनीहरुलाई हटाउने नीति अनुसार काम थालिएको बताए । अनुदान दिंदा गरिबसँगै धनीले पनि पाउने गरेकोमा प्रश्नहरु उठेका छन् ।
Read full story at source (reportersnepal.com)