हिमालयन रिइन्स्योरेन्स प्रकरण: अमित मोर जेल चलान, तीनजना धरौटीमा रिहा
ratopati.com · Thu Sep 03 16:42:50 GMT 2026

काठमाडौँ । विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका चारमध्ये एक जनालाई थुनामा पठाउने र तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
बिहीबार अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रतिवादी अमित मोरलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। मोरको हकमा इजलासका दुई सदस्यले थुनामा पठाउनुपर्ने राय दिएका थिए भने न्यायाधीश हेमन्त रावलले १ करोड रुपैयाँ धरौटीमा छाड्नुपर्ने भन्दै फरक मत राखेका थिए ।
Read full story at source (ratopati.com)