इजलासमा सरकारी वकिल– ‘चितवनबाट गिरोहका सदस्यले सरकारी गाडीमा दुई बोरा पैसा ल्याएछन्’
ratopati.com · Sun Jun 04 23:44:00 GMT 2023
काठमाडौँ । शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवार सम्मको समय दिएका छन् ।
आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पट्रोल जिपमा गिरोहले चितवनबाट दुई बोरा पैसा ल्याएको इजलासमा सुनाए । ‘सन्देश शर्माले बायोमेट्री गराउन बोलाएर पीडितहरूसँग उठाएर दुई बोरा पैसा ल्याएको देखिन्छ’ खत्रीले इजलासमा भने–‘श्रीमान्, प्रहरीको बर्दिबाल चालकले सरकारी गाडीमा ल्याएर दुई बोरा पैसा ललितपुरको महालक्ष्मी स्थानमा लगेर झारेको भेटियो ।’
Read full story at source (ratopati.com)