लागुऔषधको दलदलमा युवा : १६ देखि २५ उमेर समूह उच्च जोखिममा
nepalsamaya.com · Fri Jun 26 09:52:59 GMT 2026

लुम्बिनी। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले गत मङ्गलबार राति करिब १० बजेको समयमा बाँकेको कोहलपुर–१ कौशिलानगरस्थित सार्वजनिक प्रतीक्षालयमा बसेका दुई व्यक्तिसँग आवश्यक सोधपुछ र खानतलासी ग¥यो। त्यस क्रममा उनीहरुसाग रहेको रातो प्लाष्टिकभित्र लुकाइछिपाई राखेको एक किलो २०० ग्राम अफिम बरामद भयो।
प्रहरीले तत्कालै वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगर र कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगनबहादुर परियार नाम गरेका ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
Read full story at source (nepalsamaya.com)