इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
deshsanchar.com · Mon May 12 17:15:24 GMT 2025

कञ्चनपुर – यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्सा चलाएर उनले मासिक रु ३५ हजार बढी आम्दानी गर्छिन्।
घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट रु दुई लाख ऋण लिएर इ–रिक्सा खरिद गरी चलाउन थालेकी हुन्। समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेकी छन्। इ–रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आएकी छन्।
Read full story at source (deshsanchar.com)