बाढी प्रभावितको उद्धार र राहतमा जुट्न उद्योग वाणिज्य महासंघको अपिल
clickmandu.com · Thu Aug 27 07:05:41 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतमा जुट्न सबै पक्षलाई अपिल गरेका छन्।
महासंघ अध्यक्ष श्रेष्ठले जारी गरेको अपिलमा बाढी तथा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक तथा व्यवसायीहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित सबै निकायसँग आग्रह गरिएको छ।
Read full story at source (clickmandu.com)