४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
ratopati.com · Fri Jul 03 04:12:01 GMT 2026
टोरन्टी । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप अन्तर्गत क्रोएसियाविरुद्धको अन्तिम ३२ को खेलमा मैदान उत्रिँदै र गोल गर्दै इतिहास रचेका छन्। यो खेलसँगै उनले आफ्नो नाममा एकैपटक दुईवटा ऐतिहासिक कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
बिहीबार भएको उक्त रोमान्चक खेलमा मैदान प्रवेश गर्दा रोनाल्डो ४१ वर्ष १४७ दिनका थिए। योसँगै उनी विश्वकपको नकआउट चरणको खेल खेल्ने इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। इतिहास रच्ने क्रम त्यतिमा मात्रै सीमित रहेन, खेलको ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनी विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको खेलाडी समेत बने। रोनाल्डोको विश्वकप इतिहासमा नकआउट चरण भित्र भएको यो पहिलो गोल हो।
Read full story at source (ratopati.com)