खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
clickmandu.com · Fri Jul 03 04:17:56 GMT 2026

एजेन्सी । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिएका छन् ।
इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उनी अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रममा उनी कास्केट छेउमा बसेको देखिएका छन् ।
Read full story at source (clickmandu.com)