कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
arthasansar.com

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा फैलिरहेको घातक इबोला भाइरसको नयाँ स्ट्रेन विरुद्ध सम्भावित उपचारको परीक्षण सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बिहीबार कङ्गोमा पहिलो बिरामीलाई यस परीक्षणमा समावेश गरिएको जानकारी दिए। डब्लुएचओका अनुसार कङ्गोमा मात्रै अहिलेसम्म १,४०० भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ४३८ जनाको मृत्यु भइसकेको छ।
अत्यन्तै सङ्क्रामक मानिने यस इबोला रोगको ‘बुन्डिबुग्यो’ भाइरस स्ट्रेनका लागि हालसम्म कुनै पनि स्वीकृत खोप वा उपचार उपलब्ध छैन। अहिले भइरहेको क्लिनिकल परीक्षण डब्लुएचओको आर्थिक सहयोगमा भइरहेको छ, जसलाई कङ्गोको इन्स्टिच्युट नेसनल डे रेचेर्चे बायोमेडिकल, बेल्जियमको इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले समन्वय गरिरहेका छन्।
Read full story at source (arthasansar.com)