बालबालिकालाई सुनौं
onlinekhabar.com · Sun Sep 19 08:25:57 GMT 2021
अक्सर अभिभावक के ठान्छन् भने बच्चासँग कुराकानी गर्नु आवश्यक छैन । बच्चाहरु आफै खेलिहाल्छ । तर, बच्चासँग कुराकानी गर्ने, उनीहरुको भावना बुझ्ने, इच्छा बुझ्ने प्रयास गर्नुपर्छ । हुनसक्छ, उनीहरु आफुलाई खुलस्त रुपमा व्यक्त गर्न सक्दैनन् । यद्यपि केहि कुरा गर्न खोजिरहेका हुन्छन् । यसका लागि अभिभावकले उनीहरुसँग मित्रवत् व्यवहार गर्नुपर्छ ।
बच्चाका लागि अभिभावकले साथीको भूमिका पनि खेल्नुपर्छ । उनीहरुसँग बातचित गर्ने, खेल्ने, हाँस्ने, कार्टुन हेर्ने, रमाउने गर्नुपर्छ । यसले गर्दा बच्चाहरु अभिभावकसँग घुलमिल हुन्छन् । उनीहरुले एक्लो अनुभव गर्दैनन् ।
Read full story at source (onlinekhabar.com)