सरकारमा सहभागिताबारे माधव नेपालको पार्टीले स्थायी कमिटीबाट निर्णय गर्ने
lokaantar.com · Thu Dec 29 16:25:14 GMT 2022
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए ।
उनले तत्काल आफ्नो पार्टी एकताका विषयमा कुनै दलसँग छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टी तत्कालीन परिस्थितिमा विद्रोहबाट निर्माण भएकाले त्यसको औचित्य पुष्टि गर्न आफू तत्पर रहेको बताए ।
Read full story at source (lokaantar.com)