आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना
clickmandu.com · Fri Jul 03 05:10:13 GMT 2026

काठमाडौं । इन्धन बिक्री गर्ने पेट्रोल पम्पहरुले अब आफुखुशी पम्प सञ्चालन गर्न नपाइने भएका छन् । पम्प सञ्चालनको लागि सरकारबाट अनुमति लिएर पनि सञ्चालन गर्न अटेरी गर्ने त्यस्ता बिक्रेतालाई सरकारले कडा जरिवानाको दायरामा ल्याएको छ ।
पछिल्लो समयमा इन्धनको मूल्य घटेर आउँदा नियमित रुपमा इन्धन उठाउनुको साटो देशभरका सञ्चालकहरुले पेट्रोल पम्प बन्द गरेका थिए । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार नेपाल आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज बनेको थियो ।
Read full story at source (clickmandu.com)