भोटेकोशी बाढी : भने ४१ वटा पुल पूर्ण रूपमा भत्किए
barnanmedia.com · Thu Aug 27 23:21:43 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि रसुवा सडक सञ्जालबाट करिब विच्छेद भएको छ। बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ४१ वटा पुल पूर्ण रूपमा भत्किएका छन्।
पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। यसैगरी गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध भएको छ।
Read full story at source (barnanmedia.com)