वार्तामा सहभागी इरानी नेतालाई नै इजरायलले हत्या षड्यन्त्र गरेको अमेरिकी दाबी
onlinekhabar.com · Fri Jul 03 05:52:32 GMT 2026

१९ असार, काठमाडौं । अमेरिका र इरानबीच अप्रिलमा सुरु भएको वार्ताका क्रममा इजरायलले इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाकर गालिबाफलाई निशाना बनाउन सक्ने अमेरिकालाई डर थियो। यसै कारणले गर्दा अमेरिकाले मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूमार्फत तेहरानलाई सतर्क रहन सन्देश पठाएको थियो।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यदि यी दुवै वार्ताकारको हत्या भएमा युद्धविराम र शान्ति प्रक्रिया भङ्ग हुने अमेरिकालाई डर थियो। त्यस समय ट्रम्प प्रशासन होर्मुज स्ट्रेट खोल्ने र इरानको आणविक कार्यक्रममा सम्झौता गर्ने प्रयास गरिरहेको थियो।
Read full story at source (onlinekhabar.com)