माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट
onlinekhabar.com · Fri Jul 03 05:58:12 GMT 2026

१९ असार, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले शुक्रबार औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
असार ३ गतेदेखि ८ गतेसम्म आईपीओमा आवेदन माग गरिएको थियो । आईपीओमा २८ लाख १५ हजार ६७९ आवेदन सदर भएको थियो । जसमध्ये १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणाली मार्फत हेर्न सकिनेछ ।
Read full story at source (onlinekhabar.com)