कीभमाथि रुसको वर्षकै सबैभन्दा घातक आक्रमण, ३० जनाको मृत्यु
aarthiknews.com

काठमाडौं । रुसले युक्रेनको राजधानी कीभमाथि सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् । यो आक्रमण सन् २०२६ मा कीभमाथि भएको सबैभन्दा घातक हमला भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
आक्रमणपछि राजधानीका विभिन्न क्षेत्रमा लगातार विस्फोटको आवाज सुनिएको थियो। हजारौँ सर्वसाधारण सुरक्षाका लागि भूमिगत मेट्रो स्टेशन तथा बम आश्रयस्थलतर्फ पुगेका थिए। घटनापछि सहरभरि बाक्लो धुवाँ फैलिएको रोयटर्सले जनाएको छ ।
Read full story at source (aarthiknews.com)