दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
ratopati.com · Fri Jul 03 06:07:45 GMT 2026

काठमाडौँ । दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्क वृद्धि भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पि.एस.कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको छ ।
यसअघि भिसा शुल्क बापत १० हजार ७०० रुपैयाँ बुझाउँदै आएकोमा अबदेखि कामदारले ११ हजार ३०० रुपैयाँ बुझाउनुपर्नेछ । नेपालस्थित कोरियन राजदूतावासको १ जुलाई २०२६ को पत्रानुसार यो नयाँ शुल्क कायम गरिएको शाखाले जनाएको छ ।
Read full story at source (ratopati.com)