सीमामा कडाइले माछा व्यवसायी उत्साहित
gorkhapatraonline.com · Tue May 19 00:56:35 GMT 2026

सरकारले भारतसँगको सीमानाकामा गरेको कडाइले नवलपुरका माछा व्यवसाय उत्साहित छन् । भारतबाट सस्तो मूल्यमा आउने माछाले नेपाली बजार प्रभावित हुने गरेकामा वर्तमान सरकारले भारतबाट आयात हुने माछा तथा अन्य कृषिजन्य सामग्रीमा कडाइ गरेपछि नेपाली व्यवसायलाई राहत मिलेको हो ।
भारतबाट माछा आउन कडाइ गरेपछि नेपाली माछाले मूल्य राम्रो पाएको र उपभोक्ताले स्वस्थकर माछा खान पनि पाएको कावासोती–१५, गुडारका माछापालक किसान नीरञ्जन पाण्डेले बताउनुभयो । उहाँले कावासोतीमा चार बिघा र देवचुलीमा सामूहिक रूपमा १२ बिघा क्षेत्रफलमा माछापालन गरिरहनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)