जर्मनमा अब प्रमाण नदेखाई बिरामी बिदा नपाइने
ratopati.com · Fri Jul 03 06:32:50 GMT 2026

बर्लिन । जर्मन सरकारले बिरामी बिदामा कडाइ गरेको छ । चान्सलर फ्रिड्रिख मर्ज नेतृत्वको आर्थिक वृद्धि र प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्यसहित ३४ सूत्रीय व्यापक सुधार कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तावित नियमअन्तर्गत कम आय भएका परिवारलाई कर छुट दिने, पेन्सन प्रणालीमा परिवर्तन गर्ने तथा बिरामी बिदासम्बन्धी नियम कडा बनाउने व्यवस्था गरिएको छ ।
बिहीबार सार्वजनिक गरिएको सुधार योजनाअनुसार अब जर्मनीमा कर्मचारीले बिरामी बिदा लिन बिरामी भएको पहिलो दिनदेखि नै चिकित्सकको प्रमाणपत्र पेस गर्नुपर्नेछ । यसअघि टेलिफोनमार्फत चिकित्सकबाट बिरामी भएको प्रमाणपत्र लिन सकिने व्यवस्था पनि खारेज गरिने भएको छ ।
Read full story at source (ratopati.com)