उद्योगमा लगानी प्रतिबद्धता : संख्या घट्दै, लगानी बढ्दै
ekantipur.com · Sat Oct 23 02:14:28 GMT 2021
काठमाडौँ — उद्योगको दर्ता संख्या घटे पनि समग्रमा (स्वदेशी तथा विदेशी) लगानी प्रतिबद्धता रकम भने बढेको छ । उद्योग विभागको पाँच आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) को तथ्यांक तुलना गर्दा उद्योग दर्ता संख्या कम भए पनि स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता रकममा वृद्धि भएको देखिएको छ ।
आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा १ सय ३९ उद्योग दर्ता भएका थिए । त्यति बेला ७३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्ष २०७८/८९ को साउन–असोजसम्म भने ८७ उद्योग दर्ता भएको र तिनमा १ खर्ब २२ अर्ब १८ करोड २० लाख रुपैयाँ रकम लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७५/७६ मा १ सय ७५ उद्योगमा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
Read full story at source (ekantipur.com)