स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० घाइते
nepalviews.com · Fri Jun 26 10:10:06 GMT 2026

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ ।
Read full story at source (nepalviews.com)