पलाँसेमा दुर्घटनामा १४ जना घाइते, विभिन्न अस्पतालमा उपचार हुँदै
ratopati.com · Thu Jun 11 20:45:00 GMT 2026

भक्तपुर । भक्तपुरको जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका–१० पलाँसेमा विपरीत दिशातर्फबाट आइरहेको बा३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने ४६ वर्षका लाक्पा डिकी शेर्पा, काठमाडौँ बूढानीलकण्ठ बस्ने २९ वर्षीया मन्दिरा राई, सञ्जिता राई, काभ्रे नमोबुद्ध नगरपालिका–८ भकुण्डेबेँसीका ५३ वर्षीया कमला अधिकारी, सुनसरी धरान उमनपा–१६ घर भई हाल काठमाडौँ चावहिल बस्ने २२ वर्षीय पासाङ शेर्पाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।
Read full story at source (ratopati.com)