खामेनीको अन्त्येष्टि कार्यक्रम हप्ताभरि चल्ने, यस्तो छ कार्यतालिका
nepalpress.com · Fri Jul 03 07:47:20 GMT 2026

रोयटर्स । इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि हप्ताभरिको शोक कार्यक्रम तथा शवयात्राको तयारी गरेको छ । यस शोक कार्यक्रम मार्फत इरान सरकारले इस्लामिक गणतन्त्रप्रतिको जनसमर्थन र इस्लामिक क्रान्तिको प्रभाव अझैं जीवितै रहेको प्रमाणका रूपमा विश्वसामु देखाउने प्रयास गरिरहेको छ ।
अमेरिका र इजरायली आक्रमणमा मारिएका खामेनीको अन्तिम संस्कारका कार्यक्रमहरू यसै सप्ताहान्तदेखि सुरु भएर आगामी बिहीबारसम्म चल्नेछन् । यो हप्ताभरि तेहरान, क्युम, मशहद र छिमेकी राष्ट्र इराकका विभिन्न सहरहरूमा विशाल शवयात्रा र श्रद्धाञ्जली सभाहरू आयोजना गरिनेछ ।
Read full story at source (nepalpress.com)