किशोर–किशोरीलाई कुलतबाट जोगाउन विद्यालय स्वास्थ्य अभियान
rajdhanidaily.com · Fri Jul 03 07:55:06 GMT 2026
हुम्ला । पछिल्लो समय नेपालमा किशोर–किशोरी उमेर समूहमा लागुऔषध दुव्र्यसन, लैङ्गिक हिंसा, आत्महत्या तथा सामाजिक सञ्जालको दुरुपयोगका घटनामा वृद्धि हुँदै गएपछि हुम्लामा विद्यालयस्तरबाटै सचेतना फैलाउने अभियान सुरु गरिएको छ ।
यही उद्देश्यलाई आत्मसात् गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाअन्तर्गतको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर ९इऋःऋ० को आयोजनामा खार्पुनाथ गाउँपालिका–५ मान्धारा माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य अभियान सञ्चालन गरिएको छ । उक्त अभियानमा मान्धारा माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत ६७ किशोर–किशोरी सहभागी छन् ।
Read full story at source (rajdhanidaily.com)