नेतान्याहुलाई आफ्नै आधारको मत विभाजनको चुनौती
barnanmedia.com · Thu Sep 03 21:25:00 GMT 2026

अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयास गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलबीचको मत विभाजन ठूलो चुनौती बनेको छ ।
निर्वाचनमा नेतान्याहु समर्थक साना दलहरूको सङ्ख्या बढेसँगै उहाँको आधारभूत मत विभाजित हुने जोखिम बढेको हो । सरकारका कट्टरपन्थी मन्त्री इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले नेतृत्व गरेका दलसमेत अलगअलग चुनावी प्रतिस्पर्धामा छन् । नेतान्याहुले वैचारिक रूपमा निकट दलहरूलाई एकीकृत हुन आग्रह गर्दै ‘हामी एकजुट हुँदा जित्छौँ, विभाजित हुँदा हार्छौं’ भन्नुभएको छ ।
Read full story at source (barnanmedia.com)