गृहमन्त्रीको अनुगमन, चार होटललाई जरिबाना
bishowkhabar.com · Fri Jul 03 08:08:12 GMT 2026

काठमाडौं – मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा आकस्मिक अनुगमन गरेका छन् ।
बिहीबार गरिएको अनुगमनमा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको पालना भए–नभएको विषयमा निरीक्षण गरिएको थियो हो । निरीक्षणका क्रममा केही होटलमा मापदण्ड विपरीतका गतिविधि भेटिएपछि चार होटललाई नगद जरिबाना गरिएको छ भने अन्यलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ ।
Read full story at source (bishowkhabar.com)