जीवित छौँ, ठुलो सौभाग्य
gorkhapatraonline.com · Thu Aug 27 23:46:55 GMT 2026

“हामी जीवित छौँ । यही हाम्रा लागि ठुलो सौभाग्य हो,” टिमुरेबाट धुन्चे हुँदै नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको कहालीलाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, “टिमुरे बजारमा खाना खाने निधो भएको थियो । नदीमा चार तला जति माथि बाढी उर्लेको चालकले देख्नासाथ दौडन थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौँ ।”
कैलाश मानसरोवरको यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजासहित करिब एक सय जना विदेशी नागरिकलाई बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ । नेपाली सेनाका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट एक हजारभन्दा बढी जनाको उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ । चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)