नेपालीमा यस्तो शैली र क्षमता भएको अर्को निबन्धकार छैन
ekagaj.com · Sat May 01 02:39:57 GMT 2021
नेपाली साहित्यमा जनकलाल शर्मालाई नपढ्ने कोही छ जस्तो लाग्दैन । शर्माका ‘जोसमनी सन्त परम्परा र साहित्य’, ‘महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना’, ‘कौतुकमय डोल्पो’, ‘जनकलाल शर्माका प्रबन्ध’जस्ता कृतिले उनको अभिरुचिका भनौँ, क्षमताका विशेष क्षेत्र थिए भन्ने देखाउँछ । त्यसका साथै उनमा रहेको अभिव्यक्ति सामथ्र्यको विविधतालाई पुष्टि गर्दछन् । जनकलालका यस्ता कृतिको अध्ययनबाट प्रभावित हुनेमध्ये म आफूलाई एक पाठक ठान्दछु ।
चार वर्षअघि साझा प्रकाशनद्वारा प्रकाशित ‘जनकलाल शर्माका संस्मरण’ शीर्षक कृतिमाथि परिचय समीक्षा लेख्ने अवसर पाएको थिएँ । डा. सुमन ढकाल एवं डा. माधव पोखरेलद्वारा सम्पादित उक्त कृति जनकलालज्यूको संस्मरणात्मक निबन्ध सिर्जनामा विशिष्ट क्षमताको परिचय दिन्छ ।
Read full story at source (ekagaj.com)