दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
onlinekhabar.com · Fri Jul 03 09:03:25 GMT 2026

१९ असार, झापा । मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय चुडामणी गुरागाईंको एक तले टिनको छानो र काठको बेरा भएको चार कोठे घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो ।
Read full story at source (onlinekhabar.com)