शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा
ratopati.com · Fri Jul 03 09:10:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण नै शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको उनको भनाइ छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनले दाबी गरे। यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले स्पष्ट पारे।
Read full story at source (ratopati.com)