बर्ड फ्लु जोखिम : कुखुराको मासु र अण्डा बिक्रीमा कमी, व्यवसायी चिन्तित
ajakoartha.com · Fri Jul 03 08:46:00 GMT 2026

काठमाडौं– पछिल्ला तीन महिनायता देशका ११ जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि कुखुरा उद्योग थप जोखिममा परेको छ । रोगको फैलावटसँगै हजारौं कुखुरा नष्ट गर्नुपरेको छ भने किसान, व्यवसायी र उपभोक्तामा समेत चिन्ता बढेको छ । व्यवसायीहरूले समयमै नियन्त्रणका प्रभावकारी उपाय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बर्ड फ्लुका कारण कुखुरा उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी मञ्च नेपालका केन्द्रीय सचिव दयाराम महतले बताए । उनले भने, ‘संक्रमण देखिएका क्षेत्रमा तत्काल नियन्त्रणका उपाय अपनाइए पनि प्रभावित किसानले समयमै क्षतिपूर्ति नपाउँदा थप समस्यामा परेका छन् । रोग नियन्त्रणसँगै किसानका लागि राहत पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ ।’
Read full story at source (ajakoartha.com)