मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
ekagaj.com · Fri Jan 21 12:29:24 GMT 2022
जनकपुरधाम – मास्क नलगाउनेलाई धनुषामा स्थानीय प्रशासनले एक सय रुपैया जरिवाना गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपनि सर्तकता नअपनाइएको देखेर जिल्ला स्तरीय कोभिड न्यूनीकरण (डीसीएमसी) समितिको बैठकबाट मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिर्न लगाउने निर्णय भएकाे छ ।
संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरुमा मास्क नलगाउने प्रवृत्ति बढदै गएपछि जिल्लामा मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिने त्यसपछि जरिवाना तिराउने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
Read full story at source (ekagaj.com)