उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू 'भोकमरीको जोखिममा'
baahrakhari.com · Wed Oct 13 16:55:00 GMT 2021
बीबीसी । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष दूत टमस ओजा क्वीन्टानले खाद्यान्न अभावका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र कोभिड ब्लकेड (नाकाबन्दी) जिम्मेवार रहेको बताएका हुन् ।
परिणामस्वरूप उत्तर कोरियालीहरूले "मर्यादित जीवन जिउन" दैनिक संघर्ष गरिरहेका क्वीन्टानले बताए । संकटबाट जोगिन उत्तर कोरियाको परमाणु कार्यक्रममाथि लगाइएको प्रतिबन्धहरू हटाउनुपर्ने उनको भनाइ छ ।
Read full story at source (baahrakhari.com)