काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने
setopati.com · Fri Jun 12 00:35:52 GMT 2026

फिफा विश्वकप फुटबल–२०२६ का खेल काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले काठमाडौं प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए। उनले पूर्वस्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सबैलाई अनुरोध गरेका छन्।
Read full story at source (setopati.com)