पछिल्लो २४ घण्टामा मुलुकभर थप २२४ जनामा कोरोना पुष्टि, २५१ जना डिस्चार्ज
mahendranagarpost.com · Wed Mar 09 12:13:21 GMT 2022
काठमाडौं- मुलुकभर पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।हाल नेपालमा ५ हजार ६९२ जना सक्रिय संक्रमितहरुका रहेका छन्।त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ५१ जना संक्रमितहरु निको भएका छन्, भने सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन।
Read full story at source (mahendranagarpost.com)