शासकीय सुधारमा सञ्चार क्षेत्रको प्रगति
gorkhapatraonline.com · Fri Jun 12 00:47:19 GMT 2026

शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूची अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन् । त्यस्ता कार्यक्रमको प्रगति समीक्षा गर्दै अधिकांश कार्य सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा नतिजामुखी बनाउने उद्देश्यले अगाडि सारिएका सुधार कार्यक्रमलाई तोकिएको समयअगावै कार्यान्वयनमा लगिसक्न सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले निर्देशन दिनुभयो । उहाँले कार्यान्वयनका क्रममा कुनै समस्या देखिए सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्नसमेत निर्देशन दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)