स्याङ्जाको वालिङमा बलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, २० घाइते
kalakarmi.com · Fri Jun 26 10:17:35 GMT 2026

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रवार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)