गणेश आधारभूत विद्यालयको जग्गा अतिक्रमण
gorkhapatraonline.com · Tue May 19 05:43:38 GMT 2026

सुनसरीको इनरुवा नगरपालिका–८ गणेशपुरस्थित श्री गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालय को नाममा रहेको १० कठ्ठा जग्गा अतिक्रमण गरी १४ परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।
विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा खाली गराउन इनरुवा नगरपालिका र सम्बन्धित वडा कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरेका छन् । विद्यालयको स्वामित्वमा रहेको जग्गा वर्षौंदेखि उपयोग गर्न नपाएको भन्दै भूमि प्रशासन कार्यालय इनरुवामार्फत पनि पहल गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)