मतदान गरेपछि महामन्त्री थापाले दिए यस्ताे प्रतिक्रिया
lokpath.com · Sun Nov 20 03:40:49 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइृतबार बिहान मतदान गरेका छन् । उनले मतदान गरिसकेपछि पत्रकारहरुसगँ संक्षिप्त कुरा गर्दै, अब काठमाडौँ ४ को मत परिणमले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । उम्मेदवार थापाले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।
उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’
काठमाडौं–४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।
Read full story at source (lokpath.com)