गर्मीका कारण फ्रान्समा दुई हजार बढीको *मृ*त्यु
canadanepal.com · Fri Jul 03 11:07:26 GMT 2026

काठमाडौँ-युरोपमा बढ्दो गर्मीको लहरका कारण फ्रान्समा जुन महिनाको अन्तिम सातामा दुई हजार बढीको मृत्यु भएको छ। गर्मीका कारण २,०२५ जनाको मृत्यु भएको र यो संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताए।
फ्रान्सको सार्वजनिक स्वास्थ्य एजेन्सीका अनुसार जुन २२ देखि २८ सम्म मृत्युको संख्या उल्लेखनीय रूपमा बढेको हो। विशेषगरी ४५ वर्षभन्दा माथिका व्यक्तिहरू बढी प्रभावित भएका छन्। स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले गर्मीका कारण मृत्युमा स्पष्ट वृद्धि देखिएको बताइन्।
Read full story at source (canadanepal.com)