सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
ratopati.com · Fri Jul 03 11:18:44 GMT 2026
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड अन्तर्गत ‘वर्ष युवा खेलाडी’ विधाको उपाधि एथलेटिक्सका विक्रमनाथले जितेका छन् । यस विधामा एथलेटिक्सका विक्रम नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी सङ्गीता विक मनोनयनमा परेका थिए ।
विक्रम नाथले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेका थिए। त्यस्तै, सुशील चुनाराले १८ वर्षको उमेरमै मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए।
Read full story at source (ratopati.com)