मुक्तिनाथ विकास बैंकद्धारा शिक्षालाई प्रोतसाहन, १,००० भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित
ajakoartha.com · Fri Jul 03 11:24:00 GMT 2026

काठमाडौं- आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवद्र्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई पोसाक, स्कुल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री÷उपकरण तथा खेलकुद सामाग्री हस्तानतरण गरेको छ ।
सरकारी विद्यालयहरुलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीहरुलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासकमा १२८ जनालाई स्टेशनरी सामाग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कुल ब्याग,उदयपुरको बागचौरीमा ५० जनालाई स्कुल ब्याग, झापाको कचनकवलमा २०० लाई स्कुल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कुल ब्याग, सर्लाहीको राजघाटमा २०० विद्यार्थीहरुलाई स्कुल ब्याग र कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री प्रत्यक्ष रुपमा वितरण गरेको छ ।
Read full story at source (ajakoartha.com)