विपद् मा नसर्ने रोगी उच्च जोखिममा
gorkhapatraonline.com · Tue May 19 06:19:07 GMT 2026

टीकापुर (कैलाली), जेठ ५ गते । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन् ।
रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले यसलाई नियन्त्रण गर्न ती पालिकाले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेर उपचारात्मक तथा सचेतनात्मक थालनी गर्ने प्रतिबद्धता जनाएका हुन् । यी रोग नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक बन्दै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ ।
Read full story at source (gorkhapatraonline.com)