संयुक्त इजलासको फैसला उल्टाउँदै बटालालाई १० वर्ष कैद
annapurnapost.com · Fri Jun 12 01:38:43 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा (माओवादी) सेनाका ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहीबार यस्तो फैसला सुनाएको हो।सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नम्बरबमोजिम बटालालाई १० वर्ष कैद सजाय तोकिएको हो।अदालती बन्दोबस्तको १८८ नम्बरमा जन्मकैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ।सर्वोच्चले सवारीचालक ‘संकल्प’ भनिने अर्जुन कार्कीलाई भने सफाइ दिएको छ।
Read full story at source (annapurnapost.com)